कालीकोट । अनेरास्ववियुका केन्द्रिय सदस्य माथी प्रहरीले ज्यादती गरेको छ । केपि ओलिको असम्बैधानिक कदमको विरुद्ध भएको हड्तालका क्रममा विद्यार्थी नेता भीम आचार्य माथी प्रहरीले ज्यादती गरेको हो ।
नेता आचार्य लगाएतका आन्दोलनकारीले गणतान्त्रिक चोकमा टायर बाल्ने क्रममा नेता आचार्यलाइ नियन्त्रणमा लिइ छाडिएको बताइएको छ । बन्द सफल पार्न दिनभर आन्दोलनमा सहभागी भएका युबा तथा विद्यार्थीहरुले सडकमा टायर बालेर बिरोध जनाएका हुन ।
बन्द सफल भएपछी गणतान्त्रिक चोकमा नेकपा कालीकोटका अध्यक्ष धन्जित शाहीले बन्द सफल पार्न सहयोग गर्नु भएकोमा सबैलाइ धन्यवाद दिनु भएको छ ।
Discussion about this post