नेपालका गैँडा भारत जान थाले

7
SHARES
15
VIEWS

भरतपुर। चितवन राष्ट्रिय निकुञ्जबाट आहारा र बासस्थानको खोजीमा दुर्लभ एक सिङ्गे गैँडा भारतर्फ जान थालेका छन् ।

निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रीत भएका गैँडा बिस्तारै भारततर्फ जान थालेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालकाअनुसार यस वर्षको वर्षातमा दुई वटा गैँडा सुस्ता हुँदै भारततर्फ गएका छन् । ती गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा पुगेका छन् ।

बरालले निकुञ्जको टेम्पल, बगवन, भेलौजी हुँदै त्रिवेणीबाट भारतर्फ जाने खतरा बढेको बताए । उनकाअनुसार निकुञ्जको पश्चिमी क्षेत्रमा झण्डै ७० प्रतिशत गैँडा रहेका छन् ।

गैँडा भारततर्फ जाने खतरा बढेको उनले बताए । विसं २०७४ मा आएको बाढीले निकुञ्जमा ठूलो सङ्ख्यामा बगाएर गैँडा भारत पुराएको छ ।

त्यस समयमा भारतीय पक्षसँग समन्वय गरेर ११ वटा गैँडा उद्धार गरी ल्याइएको भए पनि पछिल्लो समय भारतले ल्याउन नदिएपछि अझै त्यहाँ गैँडा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित