फुकोट हाइड्रोेका जग्गाधनिले मुआब्जा पाउने

7
SHARES
15
VIEWS

कालीकोट । राष्ट्रिय गौरबको आयोजनामा परेको रास्कोट नगरपालिका स्थित फुकोट हाइड्रोले प्रभाव पारेका जग्गाधनिले मुआब्जा पाउने भएका हुन ।

कोरोनाका कारण ढिलाई भएको मुआब्जाका विषयमा लामो समय सम्म अन्यौल भएपछि छलफल शुरु भएको छ । फुकोट हाइड्रोमा लालिघाट देखि नानिकोट सम्मका करिव २ सय किसानहरुको जग्गा अधिग्रहण हुने भएपछि केही समय अघि नामावलि प्रकाशनमा ल्याएको थियो । मुआव्जा पाउने नाम लिष्ट बाहिर आएकामा फरक परेको र छुटेका जग्गाधनिले दिएका निवेदन माथि छानविन गरी मुआब्जा दिने बताइएको छ ।

फुकोट हाइड्रोको मुआब्जाका विषयमा कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही कालीकोट आइपुग्नु भएको छ ।

प्रभावित क्षेत्र रास्कोट नगरपालिका,सान्नित्रिवेणि,पचालझरना गाउँ पालिकाका जनप्रतिनिधिहरु सहित कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा बैठक बसिरहेको छ ।
आजको बैठकले निकट भविष्यमा जग्गाको मुआव्जा पाउने वातावरण हुने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ ।अहिले सान्नित्रिवेणिको रकुमा फुकोट हाइड्रोको सुरुङको काम तिव्रगतिले भइरहेको छ ।

१ सय मिटर भित्र सुरुङ खन्ने काम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित