सरकारी गाडी काठमाडौंमा नेकपाका पार्टी कार्यक्रता ओसार्दै

7
SHARES
15
VIEWS

कालीकोट । प्रधानमन्त्रि केपि शर्मा ओलि समुहले आयोजना गरेको आम सभामा महावै गाउँ पालिकाका उपाध्यक्ष मनराज शाहीले सरकारी गाडीमा कार्यक्रता ओसारेको आरोप लागेको छ । जिल्ला स्थित नेकपा प्रचण्ड माधव पक्षका कार्यक्रता देखि स्थानिय स्तरमा व्यापक विरोध भएको हो । नेकपा कालीकोटका सचिवालय सदस्य चित्र सिंह गाउँलेले महावै गाउँ पालिकाले किनेको पजेरो गाउँ पालिकामा पाइला टेक्न नपाउदै व्यक्तिगत प्रयोजनमा लगाइ फाइदा लिनु गलत भएको बताउनु भएको छ । वहांले भन्नु भयो सदरमुकामबाट रक्सि बोक्न देखि पार्टी कार्यक्रता बोक्नमा प्रयोग गर्नु भनेको सरकारी सम्पतिको सही ढंगले प्रायेग गर्न आग्रह गर्नु भएको छ ।
यस सम्बन्धमा महावै गाउँ पालिका अध्यक्ष मनराज शाहीले महावै गाउँ पालिका सरकारको कामका लागि राष्टिय योजना आयोगमा आएको तर त्यो संगै पार्टीको काम परेकाले साथिहरुले अतिरञ्जित गरेकोमा आपत्ति जनाउनु भएको छ । उपाध्यक्ष शाहीले पालिकाको काम भए नभएको गाउँ पालिका अध्यक्ष,कार्यकारी देखि लेखापाल सम्म सोध्दा हुन्छ । मैले व्यक्तिगत प्रयोजनमा लगाएको छैन । ल्याएका दिन देखि सिंह दरबार भित्र राखिएको छ ।राष्टिय योजना आयोगमा काम हुदै छ त्यस पछि फर्किने बताउनु भयो । वहाँले प्रश्न गर्दै भन्नु भयो मुख्यमन्त्रिले सरकारी गाडी प्रयोग देखि पार्टी काममा प्रयोग हुंदा केही नहुने आफुले पालिकाको गाडी सरकारको कामका लागि प्रायेग गर्दा किन आपत्ति ?
महावै गाउँ पालिका उपाध्यक्ष शाही अगाडी भन्नु हुन्छ आफुले गाडीको सहि ढंगले प्रयोग गर्दै आएको जिकिर गर्नु भएको छ । सरकारका कामका लागि पालिकाको गाडी प्रयोग हुंदै आएको दावि गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित