७० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य हामीसँग : प्रचण्ड

7
SHARES
15
VIEWS

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्डले जनपक्षीय पार्टीको विकासका लागि विचार, नीति र कार्यदिशामा नै सही हुनुपर्ने बताएका छन् ।

ललितपुरमा आयोजना गरिएको  जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “एउटा पार्टी राम्रो हुँदै जान्छ वा नराम्रो हुँदै जान्छ । विकास गर्दै जान्छ वा ओरालो लाग्दै जान्छ भन्ने कुरा त्यो पार्टीले लिने विचार, राजनीतिक नीति र कार्यदिशामाथि भर पर्छ ।”

पूर्व प्रधानमन्त्री दाहालले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको भनाइ स्मरण गर्दै सही विचार भए पार्टी नभए पनि पार्टी बनाउने प्रक्रिया अगाडि बढ्ने र जनताले साथ दिने भनाइ व्यक्त गरे ।

पार्टी एकताको केही समयपछि नै केही नेतामा व्यक्तिवाद देखिएको बताउँदै उनले पार्टी एकता भएदेखि नै सहमति र समझदारी कायम गराउन नचाहेको र व्यक्तिवाद लाद्न खोजिएकाले समस्या भएको बताए ।

पार्टीमा सहमति र समझदारीको कुरा गर्ने बित्तिकै केही नेताले पार्टी फुट्ने धम्की दिने गरेको स्मरण गर्दै उनले कम्युनिष्टविरोधी प्रवृत्तिविरुद्ध सङ्घर्ष शुरु भएको धारणा राखे ।

व्यक्तिवाद र महत्वाकाङ्क्षाका कारण जनताले सङ्घर्ष गरेर ल्याएको कारण उपलब्धि धरापमा परेको र मुलुक अँध्यारो सुरुङमा जाने खतरा रहेकाले आफूहरु जनतामाझ आएको उनले बताए ।

अध्यक्ष दाहालले ७० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य आफूहरुसँग रहेकाले आफूहरु नै आधिकारीक नेकपा भएको र निर्वाचन आयोगमा पनि दाबी गरिएको जानकारी दिए ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसालले जनताको विश्वास जित्ने कुरा नै महत्वपूर्ण भएकाले आफूहरु जनतामा आएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित