छोरा द्धारा स्वगिर्य आमा बुवाको सम्झनामा स्मृति गेट

7
SHARES
15
VIEWS

कालीकोट ।स्वर्गिय आमा बुवाको सम्झना छोराहरुले स्मृति गेट निर्माण गरेका छन ।

नेपालको अग्लो पचालझरना जाने कर्नालि नदिको मुल द्धारमा ६ दाजुभाईले आमा बुवाको सम्झनामा स्मृति गेट निर्माण गरेका हुन । पचालझरना ४ लाफा निवासि स्वर्गिय बुवा मन्दिर उपाध्याय र आमा जसुदा उपाध्यायको नाममा १ ला ख ८० हजारको लगानिमा स्मृति गेट निर्माण गरेको छोरा मुनिचन्द्र उपाध्यायले बताएका छन । उनका अनुसार आफुहरुका ६ दाजु भाई र ३ दिदी वहिनिको तर्फबाट उक्त गेट निर्माण गर्नुका साथै स्मारिका समेत प्रकाशनमा ल्याएको बताए ।

स्वगिर्य मन्दिर उपाध्याय पचालझरना गाउँ पालिकाका धार्मिक पुजा पाठ र पंडितको काम गर्दै आउनु भएको थियो । पंडित मन्दिर उपाध्यायको २००३ साल कार्तिक ४ गते जन्म भई २०७६ बैशाख १३ गते कालगतिमा मृत्यु भएको थियो भने जसुदा उपाध्यायको २०२० सालमा जन्म भई २०६९ साल भदौ २९ गते मृत्यु भएको बताइएको छ ।
गएको वर्ष वार्षिकीका अवसरमा बुवा मन्दिर उपाध्याय र जसुदा उपाध्यायको सम्झनामा गेट बनाई उक्त गेटमा आमा बुवाको फोटा राखिएको छ भने गेटको दांया किनारमा बेद पत्रको विरुवा समेत लगाइएको बताइएको छ ।

समाजिक सेवामा निरन्तर लागि परेका मन्दिर उपाध्यायले साविकको राम्नाकोट,बदालकोट र नानिकोट लगाएतका क्षेत्रमा परम्परागत धार्मिक पुजा पाठ लगाएतका काम गर्न एक चर्चित पंडितको रुपमा रहेको स्थानिय जानकारहरु बताउछन ।

अहिले पचालझरना जाने जो कोही आगन्तुकहरुले मन्दिर र जशुदालाई सम्झने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित