क्यान्सर पिडित पुर्व जनसेना नरेन्द्रलाई पचालझरनाको आर्थिक सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले क्यान्सर पिडित पूर्व जनमुक्ति सेनाका एक जनालाई उपचार खर्च स्वरुप आर्थिक सहयोग गरेको छ ।

पचालझरना गाउँ पालिकाको कार्यपालिका बैठकबाट कालीकोट जिल्ल स्थित नरहरिनाथ गाउँ पालिका ८ लालु निवासि नरेन्द्र बोहोरा(अभियान)लाई रु १५ हजार आर्थिक सहयोग गरेको हो ।

लामो समय देखि क्यान्सर पिडित भएर उपचार गरिरहेका बोहोराको आर्थिक अवस्था न्युन भएकाले उपचारमा कठिन भइरहेको बेला विभिन्न निकायबाट सहयोग जुट्ने क्रम भइरहेको छ । पचालझरना गाउँ पालिकाले थोरै भएपनि उपचारमा सहयोग पुगोस भनेर आर्थिक सहयोग स्वरुप रु १५ हजारको चेक नरेन्द्र बोहोराको खातामा जम्मा हुने गरी सहयोग गरेको बताइएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले भन्नु भयो धेरै सकियन भाई नरेन्द्र पुर्ब पि एल ए को भावना र मृर्गौला समस्या ले छट्पटी अनि आर्थिक अभाब रहेको भन्ने खबर ले पिडाबोध नै भयो । तसर्थ केबल सामान्य मलम र इट्टा थपियोस भन्ने हेतुले आर्थिक सहयोग गरिएको बताउनु भएको छ ।

गाउँ पालिकामा यस आर्थिक वर्षमा हुने काम दुर्त गतिमा भएको र समयमै काम सम्पन्न गर्न विकास कामको अनुगमन तथा भुक्तानिका लागि रकम निकाशा गर्ने कामले निरन्तरता पाएको बताइएको छ ।

क्यान्सर पिडित नरेन्द्रका लागि सहयोग गर्ने पचालझरना गाउँ पालिका पहिलो गाउँ पालिका रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित