फेवातालको पानी एक मिटर घट्यो

7
SHARES
15
VIEWS

पोखरा। फेवातालको बाँध जीर्ण भएपछि मर्मतसम्भार हुन थालेको छ ।

पानी घटाएर मर्मत गर्न थालिएकाले फेवाताल घुम्न जानेहरू अचम्ममा परेका छन् । पहिलेको भन्दा पानी धेरै नै घटेको देखेपछि पर्यटकहरू अचम्ममा परेका हुन् ।

फेवातालमा ४२ वर्षपछि शुक्रवारदेखि मर्मतसम्भार सुरु भएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख किरण आचार्यकाअनुसार बाँध मर्मतको लागि अहिले पानीको सतह एक मिटरको घटाइएको छ । प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने उनले बताए ।

बाँध निर्माणका लागि बिना जानकारी फेवातालमा पानीको सतह घटाउँदा माछा मरेको जलारी समुदायले गुनासो गरेका छन् ।

फेवातालमा ९२ जलारी परिवारले माछा पालेर जीविकोपार्जन गर्दै आएका छन् । पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको फेवातालमा ५ करोड ३० लाख क्यूबिक मिटर पानी भण्डारण हुन्छ ।

पानीबाट ३ सय २० हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ । फेवातालको पानीबाट १ मेगावाटको फेवा जलविद्युत आयोजना पनि सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित