परिवार द्धारा भागरथीको शब बुझन अस्वीकार

7
SHARES
15
VIEWS

धनगढी। बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको हत्या अनुसन्धान तीव्ररुपमा अघि बढाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका लागि प्रहरीले सम्पूर्ण जनशक्ति परिचालन गरेको बताएको छ । घटना विवरण बुझ्न सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी बैतडी पुगेका थिए ।

तालिमप्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पूरै ‘सर्च’ गरेको प्रहरीले छ । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेर अध्ययन गरिरहेको छ ।

दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने परिवारले अडान लिएको छ ।

बुधवार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीवार घर नजिकै रहेको लवलेक जङ्गलमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो। मृतक किशोरीको शनिवार शव परीक्षण सम्पन्न भए पनि रिपोर्ट आउन बाँकी छ ।

बैतडीलगायत विभिन्न पहाडी तथा हिमाली जिल्लामा विद्यार्थीले धेरै टाढा पैदलै भौगोलिक दूरी पार गरी शिक्षा हासिल गर्नुपर्ने बाध्यता रहेको अवस्थामा शान्तिसुरक्षाको अभावमा हुने यस प्रकारका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बालविकासको अधिकारमा अवरोध उत्पन्न भएर बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित