छोरीलाई गोली हानेर हत्या गर्ने महरा पक्राउ

7
SHARES
15
VIEWS

बैतडी । बैतडी जिल्लामा गोली हानेर छोरीको हत्या गर्ने बाबु पक्राउ परेका छन् ।

माइत आएकी छोरीलाई गोली हानेर हत्या गर्ने पुर्चौडी नगरपालिका– १० का धनसिंह महरालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनले माघ २४ गते साँझ भरूवा बन्दुकले हानेर २० वर्षीया छोरी बेलमती महराको हत्या गरेका थिए ।

श्रीमतीसँग भएको विवादमा छोरीले छुट्याउन खोज्दा महराले गोली चलाएको प्रहरीले जनाएको छ । महराले सोही दिन आफ्नै घरमा आगोसमेत लगाएका थिए ।

छोरीको हत्या र घरमा आगजनी गरेर महरा गोली लोड गरेको बन्दुक लिएर फरार भएका थिए । पक्राउ परेका महरामाथि आवश्यक अनुसन्धान र कारबाहीअघि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित