प्रतिनिधिसभा विघटनमा बाह्य शक्तिको हात छैन : प्रचण्ड

7
SHARES
15
VIEWS

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटनमा बाह्य शक्तिको कुनै पनि हात नरहेको दाबी गरेका छन् ।

आज मंगलबार अन्तराष्ट्रिय क्षेत्र विशेषका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले प्रतिनिधिसभा विघटन हुनु आन्तरिक कारण भएको र बाह्य शक्तिको हात रहेको छ भनेर व्याख्या गर्न आवश्यकै नरहेको ठोकुवा गरेका हुन् ।

छिमेकी राष्ट्र चीन र भारतलगायत अन्य देशले पनि आ–आफ्नो राष्ट्रहितको पक्षमा विचार प्रभाव बढाउन खोज्नु स्वभाविक रहेको टिप्पणी गर्दै दाहालले राष्ट्रहितलाई सर्वोपरि राखेर नेपालको सबै देशहरुसँगको सम्बन्ध भने राम्रो बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोही अवसरमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजावादीहरुसँग मिलेर पछिल्लो कदमहरु चाल्दै आएको आरोप समेत लगाएका छन् । प्रधानमन्त्री ओलीले रामको जन्मभूमिबारे बोल्नु, पशुपतिमा द्वीप प्रज्वलन गर्नु र पछिल्लो समय नारायणहिटी दरबार अगाडि जनसभा गर्नुले ठूलै शंका पैदा गरेको प्रचण्डको विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित