मुख्यमन्त्री महेन्द्रबहादुर शाही द्धारा शुभकालिकामा सेरी-पान्तडी सडकको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही द्धारा शुभकालिकामा विभिन्न योजनाको अनुगमन गर्नु भएको छ । शुभकालिकामा आयोजित जनसभालाई सम्बोधन गर्न पुग्नु भएका मुख्यमन्त्रि शाहीले लामो समय सम्म निर्माणधिन रहेको सेरी पान्तडी सडक खण्डको कामको बारेमा अनुगमन गर्नु भएको बताइएको छ ।

अनुगभनका क्रममा मुख्यमन्त्रि शाहीले आफुले सेरी पान्तडी सडक विस्तारमा प्रदेश सरकारले पहिलो प्राथमिकता राखेको बताउनु भएको छ । खांडाचक्र नगरपालिकाको सेरी देखि महावैको पान्तडी सडक खण्ड तत्कालिन पञ्चायत कालमा निर्माण शुरु भएको सडक हो । उक्त सडक २०५८ सालमा सेरी घाट हुंदै सदरमुकाम मान्म जोडेर जुम्ला लिएपछि उक्त सडक ओझेलमा परेको हो ।

स्थानियका अनुसार सडक सुचारु गर्न पटक पटक अनुरोध गरेको भएपनि चासो नदिएका कारण ओझेलमा परेको बताइएको छ । विचमा डिल्प लगाएतका संस्थाले काम गरेपनि सम्बन्धित ठाउँमा भने पुग्न सकेको छैन । सेरी पान्तडी सडक विस्तार भएमा सदरमुकाम हुंदै जुम्ला पुग्नका लागि सवा घण्टाको फरक पर्ने स्थानियले बताएका छन ।

सोही सिलसिलामा शुभकालिका गाउँ पालिकाका अध्यक्ष खडानन्द चौलागाइले पालिकाको विकासका लागि विद्यालय,सडक विद्युत लगाएतका क्षेत्रमा बजेट व्यवस्थापन गर्नका लागि कर्नालि प्रदेश सरकारको चासो दिनु पर्ने बताउदै माग पत्र समेत पेश गरेको बताइएको छ ।

गाउँ पालिका अध्यक्ष खडानन्द चौलागाईले १४ वटा बुंदामा पालिकाका समग्र क्षेत्रलाई सम्बोधन गर्दै माग पत्र पेश गर्नु भएको छ । उक्त माग पत्रमा पहिलो नम्बरमा सेरी पान्तडी सडक खण्ड सुचारु,व्याउलि पान्तडी,दैलेख तिलाहाल्ना भत्ता सडक खण्ड,दैखोला छाति छेलो हाल्ना सडक खण्ड विस्तार लगाएतका माग समाबेश गरिएको बताउनु भएको छ ।

त्यसैरी गरी भत्तागाड र बालिघाट घट्टेगाडमा पक्कि पुल,एक पालिका बहुप्राविधिक शिक्षालय,औधागिक ग्रामको स्थापना,पालिकामा खेल ग्राम,१० सैयाको अस्पताल,जोखिम वस्ति पुनरवासको व्यवस्थापन,कालेगाडमा तटबन्धन लगाएतका माग पत्र पेश गरेको बताउनु भएको छ । अध्यक्ष चौलागाईका अनुसार मुख्यमन्त्रि शाहीले माग पत्रमा समाबेश भएका सबै प्रदेश सरकारको मातहतबाट संचालन हुने भएकाले सम्भव हुने बताउनु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित