रामकुमारी झाक्रीको पक्राउ पछि केपि सरकारको सर्वत्र चर्काे विरोध

7
SHARES
15
VIEWS

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरे संगै देश तथा विदेशमा केपि सरकारको आलोचना हुन थालेको । सरकार विरुद्ध अभिव्यक्ति दिएकै कारण उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्यकर्ताको नाराबाजी र अवरोधकाबीच झाँक्रीलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेसँगै प्रहरीकै माइकबाट त्यहाँ उपस्थित आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै उनले प्रहरीलाई गिराफ्तारी दिएकी हुन् ।

सम्बोधनका क्रममा वर्तमानस सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको बताएकी छिन् । उनलाई प्रहरीले राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ पुर्जी जारी गरेर पक्राउ गरेको हो ।

केही दिनअघि गोरखाको एक कार्यक्रममा नेतृ झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे चर्को र अमर्यादित टिप्पणी गरेकी थिइन् ।

सोही टिप्पणीलाई लिएर अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित