काठमाडौंको ‘वाटर एटिएम’ एक रुपैयाँमै पानी पिउन पाइने

7
SHARES
15
VIEWS

काठमाडौं । ठुला शहरमा सार्वजनिक रुपमा पानि नपाउदा सास्ति व्योहर्नु पर्ने समस्याको अन्त भएको छ । काठमाडौं जस्तो शहरमा पहिलो पटक पानि एटिएम संचालनमा आएपछि सेवाग्राहीहरुमा सहजता भएको छ । बाहिर निस्कदा पानी किनेर खानुपर्छ। पैसा हुनेले तिरेर खाएपनि नहुनेलाई भने तिर्खाएरै बस्नुपर्ने बाध्यताको हटेको छ ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वयमा बिहीबार महानगर क्षेत्रमा स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) स्थापना भएको हो।

बिहीबार एक कार्यक्रमकाबीच महानगरको रत्नपार्क, स्वयम्भु र बालाजुमा वाटर एटिएम संचालनमा आएको र बानेश्वर र शंखपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको काठमाडौं महानगरले जनाएको छ।

महानगरले वाटर एटिएमको लागि गत वर्ष चैत १० गते काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सम्झौता गरेको भएपनि लकडाउनको कारणले सम्झौता कार्यान्वयन हुन सकेको थिएन।

यसरी प्रयोग गर्ने वाटर एटिएम :

सिक्का साट्ने मेसिनमा ५ रुपैयाँको नोट राखेपछि मेसिनले एक रुपैयाँको ५ वटा सिक्का दिन्छ।

आफूसगँ बोत्तल छैन भने गिलासको मेसिनका एक रुपैयाँ खसालेपछि गिलास निस्कन्छ। त्यो गिलासलाई पानिको मेसिनमा लगेर एउटा सिक्का खसालेको ८ सेकेन्ड पछि २ सय मिलिलिटर पानी आउँछ।

त्यस्तै एक लिटर पानि चाहिएमा ५ वटा सिक्का लगातार खसालेपछि पानि थाप्न सकिन्छ।

यो सेवासगैँ एक वोटल पानीको २०–२५ रुपैयाँ तिर्नु पर्ने बाध्यता हट्ने महानगरपालिकाले ठोकुवा गरेको छ। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित