संघीय सरकारलाइ दबाब दिएर बिकासको लहर ल्याउछौ -मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले देशको बिकाश गर्न प्रदेश सरकारले कर्नाली बासिलाइ बिकाशको लहर ल्याउने बताउनु भएको छ । पचालझरना गाउँ पालिकाको केन्द्र स्थान्तरण कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संभब भए सम्म प्रदेशको ब्यबस्थापन गर्ने र यदि सो नभएमा संघीय सरकारलाइ दबाब दिएर भएपनी बिकाशको लहर ल्याउने बताउनु भएको छ ।

त्यसका साथै मुख्यमन्त्री शाहीले नेपाली इतिहासमा जनयुद्धका कारण अहिले विभिन्न अधिकारको ग्यारेन्टी गर्न वातावरण बनेको बताउदै हामिले लडेर पणेक्षालाई केन्द्र बनाउन सफल भएको बताउनु भयो ।
जिल्लाका पाच वटा ठाँउका कार्यक्रमको सम्बोधन गर्नु भएको हो ।

पचालझरना गाउँ पालिका आज देखि पणेक्षा केन्द्र बाट औपचारिक रुपमा दैनिक प्रशासनिक कामको शुरूवात भएको छ । उक्त कार्यक्रममा संघीय संसद दुर्ग रावत, रास्टिय सभा सदस्य जिबन बुढा, कर्नाली प्रदेशका संसद कुर्मराज शाही लगाएतका नेताको सहभागिता रहेको थियो ।

जनयुद्ध दिवसको अवसरमा गरिएको केन्द्र स्थान्तरण कार्यक्रममा विभिन्न झाकी सहितको सास्कृतिक कार्यक्रम,भलिबल प्रतियोगिता र जनयुद्धका शहिदलाइ सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित