कस्तो बन्दै छ पणेक्षा ? नमुना शहर बनाउने के छ डिपिआर

7
SHARES
15
VIEWS

कालीकोट । औपचारिक रुपमा पचालझरना गाउँ पालिकाले नमुना पणेक्षा बनाउन डिपिआर सार्वजनिक गरेको छ । व्यक्तिको नाममा र सार्वजनिक रहेको पणेक्षाको जमिनमा व्यवस्थित र नमुना शहर बनाउनका लागि डिपिआर तयार गरेको बताएको छ ।

पचालझरना गाउँ पालिकाको केन्द्र स्थानान्तरण कार्यक्रममा उक्त नक्सा सार्वजनिक गर्दै पणेक्षालाई १० भागमा विभाजन गरेको छ । पणेक्षालाई पहिलो नम्बरमा दक्षिण क्षेत्रमा बस पार्क बनाउने भएको छ । नम्बर २मा रिंगरोड बनाउदै बजारीकरण, नम्बर ३मा विद्यालय स्थापना गर्ने,नम्बर ४मा अस्पताल निर्माण गर्ने,नम्बर ५मा विच भागमा खेलकुद मैदान निर्माण गरिने भएको छ ।

त्यसै गरी नम्बर ६मा सरकारी कार्यालयका भौतिक संरचना निर्माण हुने भएको छ भने नम्बर ७मा पार्किङ क्षेत्र बनाउने बताइएको छ । नम्बर ८मा प्लट बनाउने भएको हो । नम्बर ९मा प्रहरी चौकी निर्माण गर्ने र पणेक्षाको विच स्थानमा नमुना मन्दिर बनाउनुका साथै रिंगरोड आसापासका क्षेत्रमा बृक्षारोपाणको कार्यक्रम रहेको छ भने नमुना बजारीकरण गर्ने योजना लिएको छ ।

पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षालाई नमुना बनाउनका लागि पालिकालाई आबश्यक परेको ठाउँमा जग्गा दान दिनु पर्नेमा गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनु भएको छ । त्यहि अनुसारको जग्गा दान नदिएमा भने अनुसारको काम नहुने बताउदै अध्यक्ष सेजुवालले हाल ४१ हजार वर्गमिटर जमिन पालिकाको नाममा आएको र बांकी अपुग जमिनको व्यवस्थापन गर्नु पर्नेमा विशेष जोड दिएको बताउनु भयो ।
गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने (खड्का)ले जनप्रतिनिधिको पहिलो काम संरचना निर्माण देखि अन्य काम शुरुवात गर्नु पर्ने भएकाले आफुहरुले पहिलो चरणमा सडक,भौतिक संरचना तथा अन्य विकास निर्माणका कामको थालनि गरेको बताउदै आफुहरुको कार्यकाल सम्पन्न पछिका प्रतिनित्रिलाई काम गर्न सहज होस भनेर कस्तो पणेक्षा बनाउने भन्ने विषयमा आफुहरुले डिपिआर तयार गरेकाले टाउन प्लानिंगमा नमुना बनाउन सबैको सहयोग चाहिएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित