सहकारी संस्था गाभ्नेलाई प्रोत्साहन गरिने

7
SHARES
15
VIEWS

काठमाडौं/जेठ, सरकारले सहकारी संस्थाहरू गाभ्न प्रोत्साहन गर्ने भएको छ ।आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सरकारले सहकारी संस्थाहरूलाई मर्जरमा लैजानका लागि प्रोत्साहन गर्ने उल्लेख गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सहकारी संस्थाहरू धेरै भएको र मर्जरका लागि प्रोत्साहन गरिने बताएकी हुन् ।

त्यसै गरी निति तथा कार्यक्रममा  सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुआती पुँजी उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहाने युवाहरुलाई यस्तो सुविधा दिने घोषणा गरिन् ।

नयाँ उद्यम गर्न सरकारले युवाहरुलाई पनि सुरुवाती पुँजी उपलब्ध गराइने भएको छ । नवप्रर्वतनात्मक स्टार्टअप युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराईने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित