कालीकोट । कृषिमा आधुनिकिकरण र फलफुलमा आत्मनिर्भर बनाउन पचालझरनाका कृषकहरुलाई स्याउका विरुवा वितरण गरिएको छ । जुम्लाबाट ल्याइएका स्याउका विरुवामा अनुदानको व्यवस्था सहित वितरण गरिएको हो ।
कृषकहरुलाई खरिद दरमा ७० प्रतिशत अनुदानमा स्याउका विरुवा वितरण गरिएको पचालझरना गाउँ पालिकाका कृषि शाखा प्रमुख परेक शाहीले बताउनु भएको छ । वहाँका अनुसार कृषि शाखाको वजेटबाट ८ हजार र जिल्ला कृषि विकास कार्यालयबाट ८ हजार गरी १६ हजार स्याउका विरुवा वितरण शुरु गरिएको बताउनु भएको छ ।
स्याउ संगै पचालझरना गाउँ पालिकाका कृषकहरुलाई ओखर र अनारका विरुवा समेत वितरण गरिने बताइएको छ । कृषिमा उचित ध्यान नगएको प्रति कृषकहरुले विशेष जोड दिन अनुरोध गरेका छन ।
पचालझरना गाउँ पालिकामा पछिल्लो समय कृषि क्षेत्रमा चासो नदिने गरेकाले गाउँ पालिकाले कृषिमा नमुना काम गर्ने कृषकहरुलाई राहत हुने कार्यक्रम लागु गर्न अनुरोध गरेका छन ।
यस अघि पचालझरना गाउँ पालिकामा भएको अगुवा कृषक सहितको योजना तर्जुमा गोष्ठिमा गाउँ पालिका अध्यक्ष सेजुवालले कृषिमा आत्मनिर्भर हुने योजना अघि सार्न समेत अनुरोध समेत गर्नु भएको थियो ।
Discussion about this post