पचालझरनाका वेपत्ता भरुने लुवारको १२ दिन पछि मृत अवस्थामा लास भेटियो

7
SHARES
15
VIEWS

कालीकोट ।जितेगडामा भोरी बोक्ने काम गर्दै आएका पचालझरना गाउँ पालिका २का भरुने लुवारको मृत अवस्थामा लास भेटिएको छ । रास्कोट नगरपालिकाको नडी र पचालझरनाको घाटज्युलामा रहेको बागे भन्ने ठाउँमा वेपत्ता भरुने लुवारको लास भेटिएको स्थानियले बताएका छन ।

स्थानियका अनुसार मृत अवस्थामा कर्नालि किनारमा अस्तव्यस्त तरिकाले सव भेटिएको थियो कस्को हो भन्ने एकिन नभएपनि भरुनेको होकी भनेर आफन्तलाई जानकारी गराएको बताएका छन ।मृतकको दांत लगाएतका ठाउँमा चोट लागेको बताइएको छ ।

पचालझरना गाउँ पालिका वडा न. २का वडाअध्यक्ष करविर विकका अनुसार वेपत्ता भरुनेका सव भेटिएको जानकारी भएको र त्यस तर्फ आफुहरु जान लागेको बताए ।

आफुहरुले प्रहरी चौकी शान्तिघाटलाई जानकारी दिएको र घटना स्थलमा प्रहरी समेत आइसकेको वडाअध्यक्ष विकले बताएका छन ।

वेपत्ता भरुने लुवार फागुन ६ गते बेलुका जितेगडाबाट घर जानेक्रममा शान्तिघाट बाट धमालि जादै गर्दा वेपत्ता भएको उनकी पत्नि केलसरा लुवारले बताएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित