८ सय निजी विद्यालय बन्द हुने

7
SHARES
15
VIEWS

काठमाडाैं । कोभिड महामारीका कारण देशभरिमा सञ्चालित आठ हजार निजी विद्यालयमध्ये १० प्रतिशत विद्यालयको अस्तित्व संकटमा परेको छ।

कोरोना महामारीमा विद्यालयले आफ्नो सञ्चालन खर्चसमेत उठाउन नसकेपछि १० प्रतिशत अर्थात् झण्डै आठ सय निजी विद्यालय बन्द हुने अवस्थामा पुगेको निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्यावसन तथा एनप्यावसनले जनाएका छन्।

हाल देशभरि आठ हजार निजी विद्यालय सञ्चालनमा रहेको प्यावसनका सहअध्यक्ष डिके ढुंगानाले जनाए। उनले साना ठूला दुवै खाले निजी विद्यालय आर्थिक संकटमा रहेको औंल्याए। सहरी क्षेत्रका ठूला र आफनो निजी सम्पत्तिमा सञ्चालित निजी विद्यालयलाई केही सहज भए पनि साना विद्यालयलाई अर्थिक संकट परेकोले बन्द हुने अवस्थामा पुगेको ढुंगानाले बताए।

उनले निजी विद्यालयहरू १० महिना कोभिडको चपेटामा परेकाले आािर्थक रूपमा कमजोर बन्दै गएको तर्क गरे। ‘०७८को नयाँ शैक्षिकसत्रमा करिब ८ सय विद्यालयहरू बन्द हुने अवस्थामा पुग्ने तथ्यांक छ।

थप तथ्यांक अझ नयाँ शैक्षिक सत्रमा आउनेछ,’ ढुंगानाले नागरिकसँग भने, ‘विशेषगरी उपत्यकाबाहिरका साना विद्यालयमा विद्यार्थी सख्या निकै थोरै भएको छ। चैत्र ११ गतेदेखि सरकारले कोभिडकै कारण लकडाउन गर्‍यो। त्यसपछि निजी विद्यालयले शुल्क उठाउन सकेनन्,’ उनले थपे, ‘कतिपय विद्यालयले शुल्क उठाउन नसक्दा शिक्षक कर्मचारीको तलब दिन नसकेर विद्यालय बन्द गरिसकेका छन्।’

सरकारले जेठ महिनादेखि मासिक शुल्क मात्र उठान पाउने निति ल्याए पनि धेरै विद्यार्थीहरू कोभिड त्रासका कारण गाउ फर्के र उनीहरू उतै बसेकोले फर्कन नसकेको उनले जनाए।

एनप्याबसनका अध्यक्ष रितुराज सापकोटाले कोभिड जोखिममा सबैभन्दा मार्कामा परेको क्षेत्र नै निजी विद्यालय रहेको बताए। कोभिडको उच्च जोखिम बढ्दै गएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।

विद्यार्थीको परीक्षा पनि फागुनको अन्त्यमै सकिएको थियो। नयाँ शैक्षिकसत्रमा विद्याथीस्ँग वार्षिक शुल्क लिने विद्यालयले भर्ना शुल्क त दिन पाएनन् नै सरकारले जेठदेखिको मासिक शुल्क उठाउन अनुमति दिए पनि छोराछोरी विद्यालय नगएको बेला शुल्क किन तिर्नै भन्दै अभिभावक नमानेकोले थप चुनौतीको सामना गर्नुपरेको उनको अनुभव छ।

सापकोटाका अनुसार सहरी क्षेत्रका केही अभिभावक आफ्नो जािगर गुमेसँगै बालबालिका पनि लिएर गाउँ फर्किए। सोही कारण सहरी क्षेत्रका निजी विद्यालयसमेत बन्द हुने अवस्थामा रहेको सापकोटाले बताए। रुबी रौनियारले नागरिक दैनिकमा खबर लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित