अखिल(क्रान्तिकारी) संगठन विस्तारमा

7
SHARES
15
VIEWS

कालीकोट । विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अनेरास्ववियु(क्रा)ले कालीकोटमा संगठन विस्तारमा जोड दिन थालेको छ ।

सरकार संगको तिन बुद्धे सहमति पछि खुला राजनैतिकमा आइसके पछि जिल्लाका विभिन्न स्थानिय तहका विद्यालयमा संगठन विस्तारमा तिव्रता दिन थालेको हो । यस अघि रास्कोट नगरपालिकाका कालासिल्ला मावि गोर्खालि गाउँ,जनजागृति मावि फुकोटमा इकाइ कमिटि गठन गरेको अखिल(क्रा)ले बुधबार पचालझरना गाउँ पालिकाको सरस्वति मावि सिकुमा इकाइ कमिटी गठन गरिएको छ ।

संगठनका भेला आयोजक समितिका सदस्य तपेन्द्र ऐडीको उपस्थितिमा भएको भेलाले शैलेन्द्र ऐडीको अध्यक्षतामा २१ सदस्य इकाइ कमिटि गठन गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै तपेन्द्र ऐडीले शैक्षिक क्षेत्रका मुद्धालाई अघि बढाउनका लागि आफुले संगठनको मातहतमा रहि काम गर्ने बताएका छन । उनले शैक्षिक क्षेत्रमा हुने विकृतिलाई हटाउन संगठन लागि परेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित