अध्यक्ष सेजुवाल द्धारा जारकोट-राम्नाकोट सडकको स्तरोन्नतिको सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सडक स्तरोन्नतिको काम गरिने भएको छ ।

पचालझरना गाउँ पालिकाको जारकोट देखि राम्नाकोट सम्मको सडक स्तरोन्नति हुने भएको हो । उक्त सडक स्तरोन्नतिका लागि शुरु गरिएको कामको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले सिलान्यास गर्नु भएको छ ।

प्रधानमन्त्रि रोजगार कार्यक्रम मार्फत समुदायहरुले १ सय दिन काम गरेर प्रति व्यक्ति ५० हजार रकम पाउने व्यवस्था गरिएको छ ।

सिलान्यास कार्यक्रममा बोल्दै सडकलाई व्यवस्थापन गरी ढल निकास लगाएत काम गरिने जनाइएको छ । जारकोट देखि राम्नाकोट सम्मको ५ किलोमिटर सडक ग्रामिण पहुंच कार्यक्रम(र्याप तेस्रो)ले बनाएको थियो ।

अहिले सडकमा ट्याक्टर संचालनमा आएपछि ठाउँ ठाउँमा विग्रिएको छ ।

पचालझरना गाउँ पालिकाका अधिकांस योजनाहरु प्रधानमन्त्रि रोजगार र मुख्यमन्त्रि रोजगार कार्यक्रमको बजेट सडक,बाटो लगाएतका काममा लगाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित