नेकपा(माओवादी केन्द्र)मा फर्किए प्रदेश सांसद ठम्मर र धर्मराज

7
SHARES
15
VIEWS

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गर्ने असफल प्रयास गरेसँगै विभक्त बनेको नेकपा भित्र पूर्वमाओबादी छोडेर ओली पक्षमा लागेका कर्णाली प्रदेश सभाका दुई जना सांसदहरु माओबादीमै फर्किएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रबाट दैलेख र सुर्खेतबाट प्रत्यक्ष निर्वाचित सांसद धर्मराज रेग्मी र ठम्मर विष्टले आफूहरु २०७५ जेठ दुई गतेकै अवस्थामा फर्किएको र नेकपा माओबादीमै रहेको प्रष्टिकरण दिनुभएको छ ।

अन्यत्रका सांसदहरुले पद छोडने तर ओलीको साथ नछोडने बताईरहेका समयमा कर्णालीका दुइ जना सांसदहरु भने आफ्नै दलमा बस्ने निर्णय नजिक पुगेका छन् ।

हाल काठमाडौंंमा दलका नेताहरुसँग राजनीतिक परामर्शमा रहेका ती दुवै जना सांसदहरु कर्णाललीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रत्यक्ष सम्पर्कमा रहेको मुख्यमन्त्री स्रोत बताउँछ ।

यता नेकपा माओबादीका शीर्ष नेताहरुले ओली पक्षमा लागेका भनिएका नेताहरुलाई कि त माओबादीमै फर्कन या पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित