प्रदेश सांसद शाहीले गरे जडीबुटी सहकारीको दुई तले भवन उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । जडिबुटीका क्षेत्रमा काम गर्दै आएको जिल्लाको एक मात्र सहकारीको निर्माण गरेको भवन कर्नालि प्रदेश सांसद कुर्मराज शाही द्धारा उद्घाटन गरिएको छ ।

खांडाचक्र नगरपालिकाको ताडीमा निर्माण भएको जडिबुटी उत्पादक सहकारी संस्था लि.को भवनको उद्घाटन गरिएको हो । विभिन्न निकायको सहयोगमा विगत ४ वर्ष देखि भवनको काम शुरु भएको बताइएको छ ।

यस अघि घरेलु तथा साना उद्योग समिति, वन डिभिजन कार्यालय र पशुपंक्षि निर्देशनालयको करिव ४० लाख लगानिमा दुई तले भवन निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रम संगै सहकारीको १३ औं वार्षिक साधारण सभा शुरु भएको छ ।
उक्त साधारण सभामा माननिय सांसद शाहीले सहकारी मार्फत स्वरोजगार बनाउने र जडिबुटीका क्षेत्रमा उल्लखेनिय काम गरेर छुटटै पहिचान दिन सफल भएकोमा कर्नालि जडिबुटी उत्पादक सहकारी संस्थालाई धन्यवाद दिनु भएको छ ।

उक्त कार्यक्रममा कर्नालि प्रदेश सहकारी संघ लि.का सचिव तथा जिल्ला सहकारी संघ लि का अध्यक्ष कालि बहादुर महताराले जडिबुटीको क्षेत्रमा छुट्टै पहिचान दिएर नमुना काम गरेकोमा आगामी दिन सफलता पूर्वक अघि बढ्ने विश्वासका साथ शुभकामना दिनु भएको छ ।

सहकारी संस्थाका अध्यक्ष अजय बहादुर गिरीको अध्यक्षतामा भएको १३ औं वार्षिक साधारण सभामा नयाँ नेतृत्व चयन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित