पिली सुरक्षित खानेपानि युक्त वडा घोषणा

7
SHARES
15
VIEWS

कालीकोट । खांडाचक्र नगरपालिकाको पिलीमा शुक्रवार एक कार्यक्रमका विच सुरक्षित खानेपानि युक्त वडा घोषणा गरिएको छ ।

युनिसेफ नेपाल र मानव अधिकार तथा वातावरण बिकाश केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहयोग का साथै खाँडाचक्र नगरपालिकाको आयोजनामा घोषणा गरिएको हो ।

खाँडाचक्र  नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डे,उपप्रमुख विजया विष्ट लगाएतका प्रतिनिधिहरुले कांसाको लोहोटामा पानि खाएर उद्घाटन गरिएको बताइएको छ ।

कार्यक्रममा सहभागि नेपाल पत्रकार महासंघका सचिव खडानन्द अधिकारीका अनुसार सुरक्षित खानेपानि युक्त वडा घोषणामा कुल ७०लाख ५० हजारको लगानीमा १सय ७५ घरपरिवारमा एकघर एक धारा निर्माण भएपछि घोषणा गरिएको हो ।

यस अघि सुरक्षित खानेपानि युक्त वडा घोषणा सुर्खेत जिल्लाको सिम्ता गाउँ पालिकाको एउटा वडा बाट शुरु भएको र कर्नालि प्रदेशको दोस्रो कालीकोटको पिलिलाई लिइएकोे छ ।

सरसफाइमा कालीकोट जिल्लामा खुल्ला दिशा मुक्त घोषणा २०६४ सालमा साविकको बदालकोट गाविसको वडा न. ३ ( खाँडाचक्र न.पा १) जिमजेडीमा शुरु गरिएको थियो ।

खाँडाचक्र नगरपालिकाको वडा न. ७ पिलि युद्ध पर्यटकिय क्षेत्र पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित