पचालझरनामा सडक कालोपत्रे गर्न त्रिपक्षिय सम्झौता

7
SHARES
15
VIEWS

कालीकोट । देशभरका सडक कालोपत्र गर्ने सरकारको निति अनुसार कर्नालि प्रदेशमा त्रिपक्षिय सम्झौता भएका्े छ ।

संघिय सरकार,प्रदेश सरकार र स्थानिय सरकार (पचालझरना गाउँ पालिका) विच सम्झौता भएको हो ।

सँघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट अमृत श्रेष्ठ,कर्नालि प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका गोपाल शर्मा र पचालझरना गाउँ पालिकाका अध्यक्ष खडगराज सेजुवाल विच सम्झौता भएको हो ।

उक्त सम्झौतामा पचालझरना जोड्ने कर्नालि नदिका पक्कि पुल,पचालझरना खोलामा पक्कि पुल यातायात सुचारु भएका सडकको कालो पत्रे गर्ने सम्झौता गरिएको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको हो ।

पहिलो चरणमा प्रदेश सरकारले सबै स्थानिय तहमा स्थलगत रुपमा सर्भे तथा डिपिआर तयार गर्ने लक्ष्य लिइएको छ । सम्झौता कार्यक्रममा पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिब कुमार पौडेल,सुचना प्रविधि अधिकृत प्रकाश कुमार कठायतको सहभागिता रहेको बताइएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र पालीका तीनै तहको सरकारले अब बनाउने सडक अत्यन्तै प्रभावकारी हुने बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित