झलनाथ–माधवको कार्यकर्ता भेलामा २ हजार नेता–कार्यकर्ता सहभागी हुँदै

7
SHARES
15
VIEWS

काठमाडौं। नेकपा एमालेका असन्तुष्ट पक्ष झलनाथ–माधव समूहले भोलि र पर्सि राजधानीमा गर्ने राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार जना भन्दा बढी नेता–कार्यकर्ताको सहभागीता रहने बताइएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयहरु गरेको भन्दै झलनाथ–माधव पक्षले भोलि चैत ४ र ५ गते भेला बोलाएको छ । भेलाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

तर, भोलिको भेला पार्टी विधानविपरीत र अनुशासनहीन भएको भन्दै पार्टीको संस्थापन पक्षले रोक्न अनुरोध गरको छ । भेला नरोकी सञ्चालन गरिए भेलामा जाने सबैलाई पार्टी विधानबमोजिम कारबाही गरिने स्वयं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै बताएका छन् ।

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलिको गुटगत भेलामा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै भनेका छन्, ‘गुटगत भेला गर्ने, समूहलाई आफ्नो पक्षमा लिएर पार्टीको विधान, अनुशासनविपरीत कार्यक्रम गरिएको खण्डमा विधानअनुसार कारबाही गरिनेछ ।’

सत्यसँग नलड्ने र निहु खोज्नेहरूसँग नझुक्ने आफ्नो नीति भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित