माओवादीद्वारा राष्ट्रपतिको सर्वदलीय बैठक बहिस्कार गर्न प्रस्ताव, राजनीतिमा नयाँ तरंग

7
SHARES
15
VIEWS

काठमाडौं । नेकपा (माओवादी) केन्द्रले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बोलाइएको सर्वदलीय बैठक बहिष्कारका लागि प्रस्ताव गरेको छ ।

संसद विघटन गर्दा एकैछिनमा संसद भङ्ग गर्ने आदेश जारी गर्ने राष्ट्रपति भण्डारीलाई अहिले बेलान कुबेला सर्वदलीय बैठक किन चाहियो भनेर माओवादीले प्रश्न गरेको छ । माओवादीका एकजना नेताले सबै दलहरूलाई बैठक बहिस्कारका लागि आह्वान गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै माओवादीका नेता हरिबोल गजुरेलले राष्ट्रपति भण्डारीद्वारा बोलाइएको सर्वदलीय बैठक बहिस्कारका लागि प्रस्ताव गरे ।

राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुको कुनै अर्थ नरहेको नेता गजुरेलले बताएका छन् । आफ्नो मर्यादामा बस्न नसक्ने राष्ट्रपति भण्डारीले संसद विघटन गर्ने बेला किन सर्वदलीय बैठक नबोलाएको भनेर गजुरेलले प्रश्न गरेका छन् ।

‘राष्ट्रपतिले किन सर्वदलीय बैठक बोलाउने ? बहिष्कार गर्नुपर्छ । अध्यादेश ल्याउँदा सल्लाह नगर्ने । आफ्नो हैसियत कायम गर्न सक्नुभएको छैन’, माओवादीका नेता गजुरेलले भनेका छन् ।

‘संसद विघटन गर्न खुरुखुरु गर्ने । जति बेला सर्वदलीय बैठक बोलाउनुपर्ने बोलाउनुभएन । अहिले बोलाउने ?’, उनले प्रश्न गर्दै भने, ‘उहाँ स्वतन्त्र व्यक्ति हो । त्यो कायम गर्नुभएन । डा.रामवरण यादवले जति पनि काम गर्न सक्नुभएन ।’

माओवादी नेता गजुरेलले भनेका छन्, ‘राष्ट्रपति विद्यादेवी भण्डारीको सर्वदलीय बैठकको औचित्य छैन । सबै मिलेर बहिस्कार गरौँ ।’

राष्ट्रपति भण्डारीले मंगबार चार बजे सर्वदलीय बैठक बोलाएकी छिन् । उनले के विषयमा छलफल गर्न बैठक बोलाएकी हुन् केही भनेकी छैनन् ।

प्रधानमन्त्री केपी ओलीलाई साथ दिनुका साथै तत्कालीन नेकपाको राजनीतिमा हस्तक्षेप गरेको भनेर भण्डारीको कडा आलोचना हुँदै आएको छ । भण्डारीले बेलाबेला नेकपाका नेताहरूलाई बोलाएर छलफल गर्ने गरेपछि आफ्नै पार्टीका नेताहरूले आलोचना गर्दै आएका छन् ।

राष्ट्रपति भण्डारीले आफ्नो पदीय मर्यादा कायम गर्न नसकेको आरोप छ ।

संसद विघटन गर्नुभन्दा अगाडि राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुपर्नेमा त्यसो नगरेकोमा दलका नेताहरू सन्तुष्ट छैनन् ।

बंगलादेशको चैत ९ र १० गते भ्रमण गर्न लागेकी राष्ट्रपति भण्डारी विवादमा पर्ने गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित