भारतमा रहेका ४ सय बढि नागरिकको उद्धार गर्दै पचाझरना

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आन्तरिक रुपमा व्यवस्थापनको तयारी गरेको पचालभरना गाउँ पालिकाले भारतमा परेका नागरिकहरुको उद्धारका लागि पहल शुरु गरेको छ ।

भारतका विभिन्न स्थानमा रहेका नागरिकहरुको उद्धारका लागि विवरण संकलन गरी नेपाल फर्काउने पहल गरेको हो । पचालझरना गाउँ पालिकामा भर्खरै बसेको विपद व्यवस्थापन समितिको बैठकले गरेका निर्णय अनुसार पचालझरनाका नागरिकहरुलाई जिल्ला आउदा गाउँ पालिकामा दुई स्थान (नानिकोटको कालिका आधारभुत विद्यालय गोठी र राम्नाकोटको ज्ञानोदय मावि राम्नाकोटमा क्वारेन्टाइनको व्यवस्थापन गरिएको गाउँ पालिका प्रवक्ता अनरुप रोकायाले बताउनु भएको छ । पहिलो पटक भारतका विभिन्न क्षेत्रमा रहेका संकलित विवरण अनुसार ५० जना नागरिकको उद्धारको पहल गरेको हो ।

गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल द्धारा हस्ताक्षरित विज्ञप्तिमा पहिलो पटक उक्त विवरण अनुसार नागरिकको उद्धारको लागि शुरुवात भएको उल्लेख गरिएकोे छ । पचालभरना गाउँ पालिकामा अहिले ४ सय ४४ नागरिकहरु भारतमा रहेको बताइएको पचालझरना गाउँ पालिकाले जनाएको छ ।

पचाझरना गाउँ पालिकाबाट बसै भन्दा बढि भारतमा ४ सय २८ जना,मलेसियमा ४३ जना,कतारमा २० जना,दक्षिण कोरियामा ३ जना,दवई ३ जना, जापानमा ६ जना,युरोपमा १ जना,साउदीमा २ जना,अष्टेलियामा १ जना र जोर्डनमा १ जना गरी ५ सय २८ जना नागरिक रहेको आइटी अफिसर प्रकाश कठायतले जानकारी दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित