रास्कोटका गाउँमा सुधारिएको चुल्होको नमुना परिक्षण

7
SHARES
15
VIEWS

कालीकोट । धुवां रहित गाउँ पालिका बनाउन रास्कोटका गाउँ सुधारिएको चुल्होको फाइदाका बारेमा परिक्षण गरिएको छ ।

रास्कोट नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा संचालित कार्यक्रम अन्तरगत धुवां रहित चुल्होका बारेमा समुदाय स्तरमा पुगेर परिक्षण गरिएको बताइएको छ ।

रास्कोट नगरपालिकाको वडा न. ६ र ८मा पहिलो चरणमा सुधारिएको चुल्हो वितरण गरिने भएपछि महिलाहरुलाई नमुना परिक्षण गरिएको फिल्ड सहजकर्ता निर सुनारले बताएका छन । उनका अनुसार चुल्होबाट ६० प्रतिशत दाउरा खपत हुने र धुंवा समेत नहुने भएपछि समुदायलाई सुधारिएको चुल्हो वितरण गर्न लागिएको रास्कोट नगरपालिकाका कार्यापालिका सदस्य मन तिरुवाले बताउनु भएको छ ।

रास्कोट नगरपालिकाका ३ हजार २ सय ८५ घरधुरीमा चुल्हो वितरण गर्न लागिएको बताउदै अहिले चार किसिमका चुल्हो ल्याएर समुदायलाई देखाउने गरेको र जुन चुल्हो मन परेको छ सोही चुल्हो ल्याउने हो । त्यसका लागि युनिसेफ नेपालको ५० प्रतिशत,नगरपालिकाको ४५ प्रतिशत र समुदायको ५ प्रतिशत लगानि हुने बताइएको छ ।
रास्कोट नगरपालिकामा युनिसेफ नेपाल द्धारा खानेपानि तथा सरसफाइमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित