कालीकोटमा सहकारी दिवस मनाइदै

7
SHARES
15
VIEWS

कालीकोट । सहकारी स्थापना भएको ६४ वर्षको प्रवेशको अवसरमा देशभर सहकारी दिवस मनाउने क्रममा कालीकोटका विभिन्न ठाउँमा विविध कार्यक्रम गरी दिवस मनाउने भएको छ ।

मर्यादित व्यवसाय प्रविधिमा सहकारी भन्ने मुलनाराका साथ  जिल्ला भर सहकारी कर्मिहरुले गएको वर्ष कोरोनाका कारण केन्दिकृत रुपमा मनाउन नसके पनि यस वर्ष कतै अन्तरक्रिया त कतै चियापान कार्यक्रमका साथ दिवस मनाउने भएको हो । जिल्ला सदरमुकाम मान्ममा हिमचुलि कृषि सहकारी संस्था लि.को हलमा चियापान कार्यक्रम हुने भएको छ हिमचुलि कृषि सहकारी संस्था लि.ले जिल्ला भरका ९ वटा सेवा कार्यालयमा सदस्यहरुको उपस्थितिमा सहकारी दिवस मनाउने कार्यक्रम रहेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ । रास्कोट नगरपालिकाको आयोजनामा सहकारी अगुवा विच अन्तरक्रिया गरिने भएको बताइएको छ ।

रास्कोट नगरपालिकाका प्रमुख तथा राष्टिय सहकारी महासंघका पूर्व संचालक काशिचन्द्र बरालको उपस्थितिमा अन्तरक्रिया हुने भएको हो । उक्त कार्यक्रममा जिल्ला सहकारी संघ लि.का अध्यक्ष काली बहादुर महताराको समेत उपस्थिति हुने बताइएको छ । त्यसै गरी पचालझरना गाउँ पालिकाको आयोजनामा पणेक्षामा सहकारी कर्मि विच अन्तरक्रिया तथा सहकारी व्यवस्थापन सम्बन्धि कार्यक्रम गरिने भएको छ ।

पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिब कुमार पौडेलका अनुसार पालिकामा भएका ३१ वटा सहकारीहरुका जिम्मेवार व्यक्तिहरुको उपस्थितिमा सहकारीलाई अग्रसर गराई अघि बढाउनका लागि खेल्नु पर्ने भुमिकाका विषयमा जिम्मेवार हुन अनुरोध गरिने र सहकारी मर्जलाई विशेष जोड दिने बताउनु भएको छ ।

चितवनमा २०१३ साल चैत्र २० गते बखान बचत तथा ऋण सहकारीको स्थापना भएको दिनलाई मध्यनजर गर्दै सहकारी दिवस मनाउन शुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित