स्थानियको सक्रियतामा सर्का वस्तिको आगो नियन्त्रण

7
SHARES
15
VIEWS

कालिकोट ।पचालझरना गाउँ पालिकाको कोटिलामा रहेको सर्का वस्तिमा लागेको आगो स्थानियले नियन्त्रण गर्दा सर्का वस्तिका १० गोठ जोगिएका छन ।

स्थानियले शनिवार चुरोटको ठुटो फालेर शुरु भएको आगो स्थानियले नियन्त्रण गरेका हुन ।सर्का वस्तिमा हिउदमा गाई भैसी भेडा बार्खा राख्ने झण्डै १०वटा गोठ रहेका छन।
कोटिलाबाट गएका युवाहरुको समुहले एक किलो मिटर टाढा बाट पानी बोकेर आगो नियन्त्रणमा लिएको शिक्षक अमरले शाहीले बताए ।

पचाल झरना गाँऊ पालिकाले खरको छानो मुक्त गाँउपालिका घोषणा गर्ने भने पनि वडा न. ९ सम्म सो अभियान नपुग्दा वन आगलागी हुने भएकाले वर्षेनि कठनाई हुने गरेको छ ।

वनमा आगलागि हुंदा भांस सखाप हुनुका साथै घरमा समेत जोखिम बढ्ने गरेको स्थानियको भनाई रहेको छ । वनमा जथाभावि आगो लगाउनेलाई आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कार्यबाहीमा स्थानिय सरकार लागि पर्ने वडा न. ९का अध्यक्ष जोरे तिरुवाले बताएका छन ।

वडा न. ९लाई खरको छाना मुक्त बनाउन आफुले पहल चाल्ने अध्यक्ष तिरुवाको भनाई रहेको छ । अहिले पचालझरनाका वडा न. १ सिकु,खार्दु,तिखात्ति,मय लगाएतका वनमा डढेलो लाग्दा वनको नास भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित