स्वस्थ सेवा दिवसका अवसरमा खेलकुद प्रतियोगिता

7
SHARES
15
VIEWS

कालीकोट ।स्वस्थ्य सेवा दिवस २०२१का अवसरमा कालीकोट जिल्लामा फुटबल प्रतियोगिता शुरु भएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको आयोजनामा पञ्चदेव मावि मान्मको प्रांगढमा शुरु भएको फुटवल प्रतियोगितामा जिल्ला स्वस्थ्य कार्यालय कालीकोट र जिल्ला प्रहरी कार्यालय कालीकोट विच पहिलो खेल शुरु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डिएस पि चक्र बहादुर शाह र जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका प्रमुख विज्ञान प्रजापतिको नेतृत्वमा खेल शुरु भएको स्वस्थ्य सेवा कार्यालय नि.व्यवस्थापक कटक महतले बताउनु भएको छ ।

वहाँका अनुसार स्वस्थ बिश्वको लागि समतामूलक स्वास्थ्य सेवाू भन्ने मुल नाराका साथ विश्व स्वास्थ्य दिवस २०२१, ७ अप्रिल मनाउने सिलसिलामा स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजनामा भैरहेको जिल्ला प्रहरी कार्यालय कालिकोट र स्वास्थ्य सेवा कार्यालय बीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको बताउनु भएको छ ।

जिल्लामा पछिल्लो समय स्वस्थ्यका लागि खेलकुद भन्ने मुलनाराका साथ खेलकुद प्रतियोगिता शुरु भएको हो ।

जिल्ला स्वस्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालय कालीकोट विच ३ ३ गोल भएपछि खेल सम्पन्न भएको महतले बताउनु भएको छ ।

$#फोटा कटक महतको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित