पत्रकार महासंघको मतगणनामा पोखरेलको समूह अगाडि, शर्माको समूह पछ्याउँदै

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना चलिरहँदा अध्यक्षका उम्मेदवार विपुल पोखरेलको समूहले अग्रता लिएको छ ।

मत गणना भइरहँदा अध्यक्षमा विपुल पोख्रेल नेतृत्वको प्यानलले अग्रता लिएको हो । सबैभन्दा धेरै मतदाता भएको काठमाडौंसहित प्रतिष्ठान र केही जिल्लामा मतगणना चलिरहेको छ ।

केही जिल्लामा आज बिहानदेखि मतगणना सुरु हुने र केहीको भने मतपरिणाम आइसकेको निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उमेदवारी रहेको छ ।

बुधबार ७७ वटै जिल्ला शाखामा, ४२ प्रतिष्ठानका १९ ठाउँमा र एक एसोसिएट र दशरथ रङ्गशालामा गरी ९७ केन्द्रमा मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित