माल्कोटी महिलाको शाहसको सम्मान : माल्कोट र सुर्खेतमा प्रतिरोध दिवस मनाइदै

7
SHARES
15
VIEWS

कालीकोट । जनयुद्ध शुरुवातका चरणमा व्यापक जनदमन पछि २०५४ साल चैत्र २६मा निशस्त्र महिलाहरुले कालीकोटको माल्कोटमा प्रहरीलाई लखेटी राइफल खोसेका दिनलाई माओवादी घटकहरुले प्रतिरोध दिवसका रुपमा मनाउदै आएका छन ।

आज विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माल्कोट विथलडांडामा प्रतिरोध दिवसको कार्यक्रम गरेको छ भने नेकपा(माओवादी केन्द्र)ले सुर्खेतको शुभ होटलमा प्रतिरोध दिवस तथा महिला प्रशिक्षण कार्यक्रम गरेको छ । उक्त घटनाका सहभागिहरुलाई सम्मान गर्न दुवै पक्षले जनाएका छन ।

२०५४ चैत्र २६मा घटना घटेको विथलडांडामा नेकपाका केन्द्रिय सदस्य तथा अनेम संघ(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष बन्धु चन्दको उपस्थितिमा कार्यक्रम तय भएको नेकपा कालीकोटका जिल्ला इन्चार्ज मुनिलाल ऐडी(रणदिप)ले बताउनु भएको छ । वहाँका अनुसार प्रतिरोधमा सहभागि महिलाहरुलाई सम्मान समेत गरिने भएको छ ।
त्यसै गरी नेकपा(माओवादी केन्द्र)ले सुर्खेतमा प्रतिरोधमा सहभागि महिलाहरुको आफन्तहरुलाई सम्मान गर्न लागेको हो ।

२०५४ साल चैत्रमा गाउँ गाउँमा व्यापक जनदमन भएपछि सम्पूर्ण महिलाहरु सहभागि भएर हतियार धारी प्रहरीलाई लखेटेर तिन जनाको ज्यान गएको थियो । एक थान हतियार समेत खासेका थिए । उक्त घटनामा सहभागि अगुवा महिलाहरु पुना विक, मंगला विक, विजा र गोरिकला विकको नेतृत्वमा प्रतिरोध भएको थियो । गोरिकला विकको जनयुद्धमा शाहदत भइसकेको छ  ।

सो समयमा प्रहरीलाई लखेटेर कोटवाडा गाविसको अमनाको भिर पाखोको ओढारमा लुकेका अवस्थामा ३ जना प्रहरीलाई आगो लगाएर प्रहरीको ज्यान गएको थियो ।

सो समयमा प्रतिरोधमा सहभागि कोटबाडा,लालु र माल्कोटबाट सयौं जनताहरु सहभागि भएपछि गोलि चलाउदा कोटबाडाका काली विकको शाहदत भएको थियो ।
काली विकको शाहदत भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित