पत्रकार महासंघ कर्नालिमा देविराम देवकोटा विजयि

7
SHARES
15
VIEWS

सुर्खेत । नेपाल पत्रकार महासंघ कर्नाली प्रदेश समितिको अध्यक्षमा देविराम देवकोटाको टिम विजय भएको छ। अध्यक्षका उम्मेद्धार देवकोटा ४२९ मत प्राप्त गरी विजय भएका छन । देवकोटाका प्रतिद्वन्द्वी दैलेखका विष्णु शर्माले ३२१ मत प्राप्त गरेका छन् ।

माओवादी केन्द्र निकट रहेका देवकोटा प्रेस युनिएन,माधव नेपाल समूह (प्रेस चौतारी)सँग मिलेर चुनावी मैदानमा होमिएका थिए भने ओली समूह निकट प्रेस चौतारीका विष्णु शर्मा भने एक्लो मैदानमा होमिएका हुन ।

त्यसै गरी उपाध्यक्षमा दैलेखका चक्र केसी विजयी भएका छन् । उपाध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी रहेको थियो । जसमा केसीले ३१३ मत प्राप्त गरेका छन् भने युनियन निकट मानिने सुर्खेतका पत्रकार नगेन्द्र उपाध्यायले २३८ र पवित्र शाहीले २०४ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा जुम्लाकी कृष्णमाया उपाध्यायलाई (ओली निकट) सुर्खेतकी विमला खड्का (संयुक्त गठबन्धन)ले हराएकी छन् । खड्काले ४२८ मत प्राप्त गर्दा उपाध्यायले जम्मा २२९ मत प्राप्त गरेकी छन्। यस्तै महासचिवमा खगेन्द्रप्रसाद भट्टराई (युनियन निकट) ४७० मत ल्याएर विजयी भएका छन् ।

सचिवमा सुर्खेतका पत्रकार (माधव समूह) दीपक बुढाले ४५१, सचिव समावेशीमा अशोक राजी ४४६, कोषाध्यक्षमा प्रेस सेन्टरका गणेशकञ्चन भारतीले ४३७ मत ल्याई विजयी भएका छन् ।

सदस्यमा ईश्वरीप्रसाद देवकोटा (४०५), कृष्णबहादुर वली (५३६), जीवन शाही (५५२), दीपकबहादुर जोशी (४१०), नन्दराज जैशी (४९६) सुवर्ण शाही (४४७) र सुरेन्द्रबहादुर  सिंह (२४६) विजयी भएका छन् ।  यस्तै महिला सदस्यमा चिना विक (५६३), देवका लामिछाने (४३७) र सुरिता बस्नेत (४६३) विजयी भएकी छन् ।   कर्णालीमा ओली पक्ष प्रेस चौतारी एक्लै चुनावी मैदानमा होमिएको थियो भने अन्य संगठनको गठबन्धन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित