हातखुट्टा बाँधेर सरकारमा जाने पक्षमा छैनौँः डा.महत

7
SHARES
15
VIEWS

काठमाडौं। नेपाली कांग्रेसका सह–महमन्त्री डा.प्रकाशशरण महतले स्वाभिमान कांग्रेस बन्न अपील गरेका छन् ।

काठमाडौंमा शनिबार एञ्जिलिना शिवशक्ति ट्रष्टको कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कांग्रेस पार्टीलाई बलियो बनाउन स्वाभिमानी हुनुपर्ने बताए । उनले सिनियर नेताहरूको सम्मान भयो भने मात्रै कांग्रेस बलियो हुने बताए ।

‘स्वाभिमानी कांग्रेस बन्न मेरो अपील छ । स्वाभिमानी कांग्रेस बन्ने हो भने नेताहरूको गल्ती औँल्याइदिनुपर्छ’, उनले भने, ‘कार्यकर्ताले नेताहरूलाई सुधार गर्न भन्नुपर्छ । स्वाभिमान कांग्रेस बन्न अनुरोध गर्छु ।’

सह–महमन्त्री डा.महतले निर्वाचनमा जितेर आएर कांग्रेसले एकलौटी सरकार बनाउने बताएका छन् । उनले कम्युनिस्टलाई हराएर कांग्रेसले जित्नुपर्ने बताए ।

सरकारमा जाने विषयमा उनले भने, ‘पहिला सरकारमा जानै हुँदैन भने । अहिले आएर सरकारमा जाने भनेका छन् । लड्डु कांग्रेस भने । पछिल्लो समय जानैपर्छ । जानैपर्छ भनेका छन् । पहिला जानै हुँदैन । सरकारमा जान संख्या चाहिन्छ ।’

डा.महतले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको बताउँदै वार्ता शुरु गरेको बताए । बैकल्पिक सरकार कांग्रेस नेतृत्वमा बनाउन संख्या आवश्यक रहेको भन्दै डा.महतले शुक्रबारबाट छलफल शुरु भएको बताएका छन् ।

उनले संख्याका कारण कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था नरहेको बताए । ‘जसपाले ओलीसँग पनि कुरा गरेका छौँ’, उनले भने, ‘खुट्टा बाँधेर सरकारमा जाने हो भने अबको निर्वाचनमा जाँदा प्रतिरक्षात्मक अवस्थामा पुग्छौँ । हातखुट्टा बाँधेर सरकारमा जाने पक्षमा छैनौँ ।’ डा.महतले जसपाका कारण कांग्रेसको नेतृत्वमा सरकार बन्ने विषयमा आफूलाई शंका रहेको बताए ।

नुवाकोट कांग्रेसको विवादलाई संकेत गर्दै डा.महतले भने, ‘मिल्नुपर्छ मात्रै भनेर समाधान हुँदैन । कसले समस्या गर्‍यो त्यसलाई नजरअन्दाज गर्नु हुँदैन ।’

‘मैले समस्या गरेको छु भने मलाई भन्नुपर्छ । जसले गरिरहेको छ त्यसलाई भन्नुपर्छ । पार्टीमा बिग्रह र बिडम्बनाको समस्या रहँदैन’, उनले भने, ‘व्यक्ति केन्द्रितबाट पार्टी र सिद्धान्तको राजनीतिमा प्रवेश गरौँ । त्यसको लागि हामी तयार छौँ कि छैनौँ ? व्यक्तिलाई मान्ने व्यवस्था त पञ्चायतमा नै थियो । त्यो पद्धतिको खिलापमा हामी उठेर विचार, पद्धति र संगठनमा उभिएका हौँ ।’

नुवाकोट कांग्रेसले गर्ने कार्यक्रममा आफूलाई निम्तो नै नदिएका कारण कार्यक्रममा नआएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित