पत्रकार महासंघ द्धारा खांडाचक्रलाई रित्तो भांडा दिएपछि……

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल पत्रकार महासंघ कालीकोटले मान्म बजारमा पानिको हाहाकार भएपछि खांडाचक्र नगरपालिकालाई रित्ता भांडा बुझाएको छ ।

बजार बासिले लामो समय देखि खानेपानि नपाएपछि यस अघि ध्यानाकर्षण पत्र बुझाएको महासंघले आइतवार विहान स्थानिय बासिको सहभागितामा रित्ता भांडा सहित ज्ञापन पत्र बुझाएको हो ।

खानेपानिको विषयलाई लिएर वडा न. १को कार्यालयमा तालाबन्दि गरिएको भएपनि आज खांडाचक्र नगरपालिकाकी उपप्रमुख विजया विष्टलाई रित्ता भांडा बुझाएको बताइएको छ । नेपाल पत्रका महासंघ कालीकोटका अध्यक्ष भरतराज विष्ट विजयि भएपछि समाजिक क्षेत्रमा चहल पहल बढाएका छन । उनको नेतृत्वमा खांडाचक्र नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डेलाई  समेत ज्ञापन पत्र बुझाएको थियो ।

मान्म खानेपानि उपभोक्ता समितिका अध्यक्ष समेत रहेका खांडाचक्र नगरपालिका वडा न. १का वडा अध्यक्ष गणेश बहादुर शाहीले वेवास्ता गर्नुका साथै रकम असुलि गरेर निजि धारा वितरण गरेपछि सार्वजनिक धारामा पानि आउन छोडेको स्थानियको आरोप रहेको छ ।

उक्त खानेपानि उपभोक्ता समितिको स्थापना काल देखि हाल सम्म साधारण सभा समेत भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित