यौनसम्पर्क गर्न नदिएपछि पत्नीको हत्या गर्ने पक्राउ

7
SHARES
15
VIEWS

बुटवल । रुपन्देही जिल्लामा श्रीमतीको हत्या आरोपमा ६६ वर्षीय गनपत बानियाँ पक्राउ परेका छन् ।

सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैयाका बानियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यौनसम्पर्क गर्न नदिएको रिसमा आफ्नै श्रीमती ५५ वर्षीय कुश्मा बानियाँको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गाउँमै धान कुट्ने मिल सञ्चालन गर्दै आएका गनपतले यौनको विषयमा विवाद भएपछि श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गनपतले यसअघि पनि यौन सम्पर्क गर्न नदिएको भन्दै श्रीमती कुश्मालाई कुटपिट गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।

बुधबार साँझ पनि यौन सम्पर्क गर्न नदिएको भन्दै आफैंले घाँटी थिचेर हत्या गरेको गनपतले प्रहरीसामु बयान दिएको प्रवक्ता प्रहरी उपरीक्षक सत्यनारायण थापाले बताए ।

पक्राउ परेका गनपतमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित