कोरोना भगाउन पचालोको पुजापाठ (तस्विर सहित)

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ ।विश्वभर फैलिएको कोभिड १९ कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथामका लागि सरकार लागि रहेको बेला स्थानिय स्तरमा देविदेवताको पुजापाठलाई निरन्तरता दिएको छ ।

जिल्लाको चर्चित देवताको रुपमा स्थापित पचालझरना गाउँ पालिकाको पचालो देवताको साता व्यापि होम पुजा पाठ गरिएको छ । पचालझरना गाउँ पालिकाको वडा न. ३ खार्दु(बड्डा थाडा) बाट होम पुजा आइतबार देखि शुरु भइ शुक्रबार खांडाचक्र नगरपालिकाको वडा न. ११ जिम्जेडिमा समाप्त भएको छ । पुजापाठमा बड्डाथाडामा पचालोको मुल धामीले अहिले आएको संकटलाई सुन्न दिने तर देख्न नमिल्ने गराउने बताउदै साउन १५ देखि भाद्र १५ सम्म आउने संकटको समाधान गर्न आफु (बाइ) छदै छ भन्दै (छनुवार) समुदायको सुरक्षामा लागि पर्ने बताएका छन ।

त्यसै गरी उक्त पुजापाठमा स्थानिय पुजारी टिक उपाध्यायले धार्मिक संस्कार अनुसार विश्वास राख्ने समुदायहरुका लागि विश्वास दिदै आएका देवताले यस पटकको संकटलाई समाधान गर्न बताएका छन । त्यसै गरी वडा न. ३का वडा अध्यक्ष लोकजंग कठायतले धार्मिक संस्कारलाई बुढापाकाले मान्दै आएकाले पुजापाठका साथै रमाइलो गर्ने गरेको बताउनु भएको छ । वहाँले भन्नु भयो देविदेवताले समुदायको आत्मबल बढाउने गरेको समेत बताउनु भयो । सामाजिक अगुवा बर्म ऐडीले कोरोनाका कारण संकटमा परेको बेला समुदायलाई शाहस बढाउने काम देविदेवताले गरेको बताउनु भएको छ ।

अन्याय परेका बेला देवि देवताको पुकारगरेर न्याय पाउने गरेका स्थानियले अहिले पनि पुकार गर्न निरन्तरता दिएका छन । आफु माथि अन्यायको आरोप लाग्दै रकुकी आएकी पुल्ति शार्कीले न्यायका लागि मावलि देवतालाई पुकार गर्न आएको बताएकी छन । उनि रकुबाट सिकु आएर पचालोलाई पुकार गरेकी हुन ।देवताको कर्ममा खटिएका पचालझरना २ खयरकोटका रत्न कठायतले देवि देवताको काममा लागि पर्नेहरुले आफु ध्यान पूर्वक काम गर्ने भएकाले सत्य तथ्यको नजिक पुग्ने गरेको बताउदै देवता भनेका गुप्त हुन । उनिहरुले सही ढंगले समुदायलाई हेर्ने गरेको बताउनु भएको छ ।

अहिले स्थानिय सरकारले धार्मिक पर्यटकिय क्षेत्रलाई बढावा दिदै आएको छ । पचाझरना गाउँ पालिकामा स साना मठमन्दिर निर्माण हुने क्रमले निरन्तरता पाएको बताइएको छ ।
पछिल्लो पिढिका युवाहरुमा भने देवता भनेका आत्म सन्तुष्टि मात्र गर्ने गरेको तर त्यहाँ सत्य नरहेको बताउदै आएका छ । संस्कार अनुसार आफुहरु बुढापाकाहरुका लागि देवताको ध्यान गर्ने गरेको बताउन थालेका छन । तर वर्षको एक दिन देवताका नाममा रमाइलो गर्ने,मिठा चिज बनाएर खाने र भेटघाट हुने भएकाले सकरात्क पक्ष भएको सर्जन विकले बताउनु भयो ।

कर्णालिमा लोक प्रिय बन्दै गएको धामी नाच र हुड्केले राम्रै स्थान ओगटेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित