रास्कोटमा विप्लव नेकपा नेतृ चन्दलाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा कालीकोटले महिला नेतृ बन्धु चन्द लगाएतका नेताहरुलाई सम्माने गरेको छ ।

विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि लामो समय जेल जिवन भोग्दै आएका केन्द्रिय सदस्य तथा अखिल नेपाल महिला संघ(क्रान्तिकारी) केन्द्रिय अध्यक्ष बन्धु चन्द, उपाध्यक्ष धिरिन्द्रा उपाध्याय लगाएतका नेतालाई सम्मान गरेको हो ।

विप्लव नेकपा खुला राजनैतिकमा आएपछि राजनैतिक गतिविधि तिव्र पार्दै आएको छ । कालीकोटका ग्रामिण क्षेत्रमा राजनैतिक गतिविधि तिव्र पारेको छ ।

उक्त पार्टीले चैत्र २६ गते माल्कोटमा प्रतिरोध दिवस संगै रास्कोटमा सम्मान कार्यक्रम गरेको छ भने पचालझरनाको नुवाघरमा जनसभा कार्यक्रम गरेको नेकपा कालीकोटका जिल्ला इन्चार्ज मनिलाल ऐडी(रणदिप) बताउनु भएको छ ।

जनसभामा नेकपाका केन्द्रिय सदस्य एटम विसि(रवि)ले सम्बोधन गर्दै अहिलेको सरकार संग वार्ता भएको हो तर नेकपा (एमाले) संगै कुने पनि साइनो नभएको र नहुने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित