कालीकोट । ” मेराे गणना, मेराे सहभागिता” भन्ने मुल नाराका साथ संचालन हुन लागेको राष्ट्रिय जनगणना २०७८को पचालझरनामा कार्यालय स्थापना भएको छ ।
जिल्ला भर चार वटा स्थानमा शुरु गरिएका कार्यालय मध्ये पचाझरना गाउँ पालिकाको पणेक्षामा रहेको कार्यालयको अध्यक्ष सेजुवालले उद्घाटन गर्नु भएको छ । उक्त कार्यालयले पचालझरना गाउँ पालिका र पलांता गाउँ पालिकामा जनगणना सम्बन्धि काम गर्ने बताइएको छ ।
पचालझरना गाउँ पालिकामा आज एक कार्यक्रमका विचमा उद्घाटन गरिएको कार्यका प्रमुख अतिथि समेत रहेका पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले जनगणनाले बस्तुगत अवस्थाका बारेमा जानकारी लिइ वास्तविक र यर्थातपरक जनसंख्या आउनु पर्नेमा जोड दिनु भएको छ ।
कार्यालय उद्घाटनमा जनगणना कार्यालयका प्रतिनिधि,जनप्रतिनिधि,स्थानिय समुदायहरुको उपस्थिति रहेको सुचना प्रविधि अफिसर प्रकाश कठायतले जनाएका छन ।
जिल्लाका रास्कोट, नरहरिनाथ, खांडाचक्र लगाएतका क्षेत्रमा कार्यालय संचालन गरी २०७८ जेष्ठ देखि जनगणना शुरु हुने भएको छ
Discussion about this post