पचालझरनामा संचालन भएको खेलकुदमा नतिजा सार्वजनिक

7
SHARES
15
VIEWS

कालीकोट । दोस्रो राष्ट्रपति रनिङ्गशिल्डमा हाइजम्प र लंगजम्पको नतिजा सार्वजनिक भएको छ ।

जस अन्तर्गत सरस्वति मा वि भिट्टाले हाइजम्प र लङ्जम्पमा विजयि बनेको छ भने जस्मा केवुला शाही हाइजम्प, शिशिर ऐडी,४०० मिटर दौड, नमुना शाही, २०० मिटर दौडमा अनिता संज्याल र २०० मिटर दौडमा कुम्बराज गिरी र पानफुला ऐडी सटफुटमा सफल भएको बताइएको छ ।

विद्यादेवि मावि मयकोटका पवन शाहीले जित हासिंल गरेको छन भने पिंगलदेवि मावि नुवाघरका नविन बोगटीले २०० मिटर दौड र दिनेश बुढाले ४०० मिटर,मनिशा बुढाले १५०० मिटर दौड जितेको बताइएको छ ।

ज्ञानोदय माविका स्वस्तिका सेजुवाल त्रिपलजम्प र सुजित वि कले १५०० मिटर दौड जितेका हुन । त्यसै गरी पंञ्चकालिका मा वि वाँझकोटका छक्क वडेले सटफुटमा जित हांसिल गरेको बताइएको छ । उनिहरुलाई पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले मेडल तथा शिल्ड हस्तान्तरण गर्नु भएको छ ।

राष्ट्रपति रनिङ्गशिल्डमा अन्य खेल जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित