रामबहादुर थापा पुनः गृहमन्त्रीमा नियुक्त

7
SHARES
15
VIEWS

काठमाडौँ। नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः गृहमन्त्रीमा नियुक्त गरेर कार्यभार तोकेकी छन् ।

आइतबार राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई नियुक्ति गरिएको जनाएका छन् ।

ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई कार्यभार तोकिएको विज्ञप्तिमा जनाइएका छ ।

थापाको राष्ट्रियसभा सदस्यको पद गुमेपछि स्वतः पदमुक्त भएका उनलाई पुनः नियुक्ति गर्नुपरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित