कालीकोटमा कोरोना संक्रमितको संख्या ४३ पुग्यो

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त स्वस्थ्य व्यवस्थापक कटक महतले अहिले स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्ण पालना गर्नु पर्ने बताउनु भएको छ ।

व्यवस्थापक महतका अनुसार अहिले स्वयंम व्यक्तिले सतर्कता नअपनाउने हो भने कोरोनाको रुप उच्च हुने बताउदै कर्नालि संचार संगको कुराकानिमा कोरोनाबाट बच्न प्रहरीको डण्डा लगाउनु पर्ने अवस्था नभएको बताउनु भएको छ ।

देशभर कोरोनाका विरामी बढे संगै कालीकोटमा उच्च सर्तकता अपनाउन शुरु गरिएको छ । जिल्लाका सबै स्थानिय तहहरुले कोभिड व्यवस्थापनको तायरीमा लागेका छन । कालीकोटमा पछिल्लो २४ घण्टामा ४३ जना कोरोनाका संक्रमित रहेको महतले बताउनु भएको छ ।

यसका लागि जिल्ला स्वस्थ्य कार्यालयमा तयारी अवस्थामा रहेको र प्रत्येक पालिकामा २० देखि ५० बेडको आइसोलेसन समेत बनाउने कोभिड संकट व्यवस्थापन समितिको निणर्य सबैलाई जानकारी दिइसकेको बताउदै महतले जिल्ला बाहिर बाट आउने समुदायका लागि होम आइसोलेसन नै उत्तम विकल्प रहेको बताउनु भएको छ ।

जिल्ला स्वस्थ्य कार्यालयले जारी गरेको सुचनामा एन्टिजेन पोजेटिभको संख्या ४३ पुगेको उल्लेख गरेको छ । जिल्ला अस्पताल र कोभिड अस्पतालमा ज्वरो क्लिनिक संचालन गरिएको र सव व्यवस्थापनका लागि नेपालि सेनालाई प्रशिक्षितका साथै सामाग्रि हस्तान्तरण गर्न लागिएको बताउदै महतले कोभिड संकट व्यवस्थापन समितिको निणर्य अनुसार सबै पालिका अघि बढेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित