पलांतामा खेतवारीमा हेल्प डेस्क

7
SHARES
15
VIEWS

कालीकोट । कोभिडको व्यवस्थापनमा जिल्ला भरका स्थानिय तहले व्यवस्थापन गरिरहदा पलांतामा भने गहुंबारीमा हेल्प डेस्क संचालन गरिने भएको छ ।

पलांता सरकार नामक फेसबुक मार्फत पोष्ट गरिएको उक्त फोटामा पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले सेल्फि हान्दै हेल्प डेस्क संचालनको तयारी भनेका छन ।

कोभिडको व्यवस्थापनमा जोड दिएपनि हेल्प डेस्कका लागि बारीमा साधारण पाल राखेर पालिकाको व्यवस्थापनमा लापरवाही गरेको स्थानियले आरोप लगाएका छन ।

उनिहरुले गएको वर्ष कोभिड व्यवस्थापनका लागि खर्च गरेको सरकारले यस वर्ष पनि सामान्य व्यवस्थापन गरेर वजेट लगानि गर्ने सोचमा रहेको बताएका छन । एक स्थानियले भने व्यवस्थापनमा झुर गरेर खर्च बढाउनु राम्रो नभएको बताए ।

गएको वर्ष आफ्नो घरमा कोभिडका विरामीलाई व्यवस्थापन गर्ने भनेका अध्यक्ष लक्ष्मण बमले घाटाचौरमा भारतबाट आएका समुदायहरुले खुल्ला आकाशमा रात विताउनु परेको स्मरण गराउदै कुनै पनि कमि नहुने वातावरण गर्न अनुरोध गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित