जुमबाट विद्यार्थीलाई पढाइरहेका बेला शिक्षककी श्रीमती कक्षामा पसेपछि…

7
SHARES
15
VIEWS

काठमाडौं। कोरोनाकालमा अहिले धेरैजसोले आफ्नो काम घरबाट गरिरहेका छन् । यस क्रममा कर्मचारीहरुको काम, अधिकारी र नेताहरुको बैठक पनि अनलाइनबाटै भइरहेको छ । बैठकका क्रममा कैयौं पटक यस्ता घटना भएका छन् जुन लज्जाको विषय बनेका छन् । यस्तै घटना अहिले कोलम्बियामा भएको छ । त्यहाँ एक शिक्षकको हर्कत अहिले उनको लागि लज्जाको विषय बनेको छ ।

डेलीमेलको रिपोर्टअनुसार यो घटना कोलम्बियाको एक क्याथोलिक स्कुलको हो । एक शिक्षकले आफ्नो अनलाइन कक्षा पूरा गर्नासाथ उनकी पत्नी उनको नजिक आइन् । शिक्षकले आफ्नो अनलाइन जुम कक्षा बन्द गर्न बिर्सिए । यस क्रममा ती शिक्षक आफ्नी पत्नीसँग रोमान्स गरिरहेका देखिए । शिक्षक र उनकी पत्नीको क्रियाकलाप विद्यार्थीहरुले देखे । केहीबेरपछि उनले जुम बन्द त गरे तर त्यतिबेलासम्म उनको हर्कत भाइरल भइसकेको थियो ।

शिक्षकलाई आफ्नो गल्ती महसुस भयो । नहुनुपर्ने कुरा भएको थाहा पाएपछि उनले सबैसँग माफी मागे । माफी माग्दै उनले कक्षा सकिएपछि पनि क्यामेरा चलिरहेको आफूलाई थाहा नभएको र आफूले यस्तो जानेर नगरेको बताएका छन् ।

उनले यो घटना आकस्मिक भएकोले आफूले माफी मागेको बताएका छन् । उनले पढाउने क्याथोलिक स्कुलका प्रिन्सिपलले यो घटनाबारे जाँच सुरु गरेका छन् । प्रिन्सिपलले यो घटना गम्भीर भएको र विद्यार्थीले गुनासो गरेको बताउँदै यस विषयमा जाँच सुरु भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित