बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले ४० सांसदको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
यसअघि पनि वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । तर, पोखरेलले आफूमाथिको अविश्वासको प्रस्तावको सामना नगरीकनै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा त्यो भन्दा बढी दलहरूको समर्थनमा वनेको सरकारबाट राजीनामा दिएका थिए ।
राजीनामालगत्तै आफूसँग बहुमत सदस्यहरूको समर्थन रहेको दाबी गर्दै उनले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम पुनः मुख्यमन्त्रीको नियुक्ति लिएका थिए । उक्त धाराअनुसार बनेको सरकारले संसद्मा विश्वासको मत लिनु नपर्ने दाबी लुम्बिनी सरकारका प्रवक्ता एवं एमाले नेता वैजनाथ चौधरीको छ ।
Discussion about this post