घरमै पिसिआर टेस्ट गराउन सकिने !

7
SHARES
15
VIEWS

काठमाडौँ ।  राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शङ्का भएका व्यक्तिहरूका लागि घरमै पिसिआर परीक्षण गर्न सकिने विशेष सेवा सुरु गरेको छ ।विगत लामो समयदेखि राइड सेयरिङ्ग सुविधा दिँदै आएको साथी राइडले यस कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौँ, सुरक्षित रहौँ’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरू (ल्याब) सँग सहकार्य गरी कस्टमरलाई सहज तथा सुरक्षाको लागि घरमै पिसिआर स्वाब सङ्कलन गर्न मद्दत गर्दैछ।

कम्पनीका बजार व्यवस्थापन प्रमुख इन्जोल श्रेष्ठले भने- ‘हाल उपत्यकामा मात्रै यो सेवा सुरु भएता पनि आउँदो दिनमा हामी यस सुविधालाई विस्तार गर्दै नेपालका विभिन्न जिल्लाहरूमा पनि यो सेवा उपलब्ध गराउने छौ। हामीले अहिले एम्बुलेन्स नपाएर कोरोना तथा अन्य रोगका कारण मृत्यु भएको खबरहरू धेरै नै सुनिरहेका छौ। यही कुरालाई मध्यनजर गर्दै हामीले विभिन्न सङ्घ संस्थाहरूसँग सहकार्य गरी इमरजेन्सी कार सर्भिस साथै हेली एम्बुलेन्सको सुविधा पनि सञ्चालन गर्ने तयारीमा छौ।’

हाल घरमै पिसिआर परीक्षण गराउने यो सेवा काठमाडौँमा सुरु भइसकेको छ भने आगामी दिनमा देशका अन्य शहरहरुमा पनि उपलब्ध गराउने योजना लिइएको छ ।

यो सेवा लिनका लागि सेवाग्राहीहरूले साथी एप डाउनलोड गरेर त्यसमा आफ्नो नाम ठेगानासहितको जानकारीहरू राखेर रजिस्टर गर्नुपर्ने हुन्छ । र सो एप मार्फत सिधै सेवा लिन सकिन्छ ।

साथी एप अहिले गुगल प्ले स्टोरमा मात्र उपलब्ध छ भने आगामी दिनमा आईओएसमा पनि ल्याउने तयारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित