सुर्खेत ।कर्नाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद विस्तार गरेका छन्। मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका तीन जना सांसदलाई मन्त्री बनाएका हुन्।
आर्थिक मामिला तथा योजना मन्त्रीमा रूकुम पश्चिमका गोपाल शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सुर्खेतका विन्दमान विष्ट नियुक्त गरिएको छ ।
त्यसै गरी भौतिक पूर्वाधार मन्त्रालयल फुटाएर जलस्रोत मन्त्रालय बनाईएको छ। यसमा माओवादी केन्द्र कर्नाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सिता नेपालीलाई मन्त्री बनाईएको हो।
प्रमुख सचेतक नेपाली समानुपातिक सांसद् हुन्। आर्थिक मामिला मन्त्रालयमा नियुक्त शर्मा रूकुम पश्चिम निर्वाचन क्षेत्र १ (ख) बाट प्रत्यक्ष निर्वाचित् सांसद् नेता जनार्दन शर्माका भाइ हुन्।
यस अघि आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसि मन्त्री हुनुहुन्थ्यो । नेपाली काङ्ग्रेस सङ्गको सहमतिमा भौतिक पुर्बाधार मन्त्री भाग बण्डामा परेपनी काङ्ग्रेसले छ महिना पछि मुख्यमन्त्री दाबी गरेपछी माओवादीकै नेतालाई मन्त्री बनाइएको स्रोतले दाबी गरेको छ ।
Discussion about this post